दैलेखमा मिनीबस दुर्घटना दुईजनाको मृत्यु

प्रदेश ६ स्वास्थ्य
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैलेख । दैलेखमा भएको मिनीबस दुर्घटनामा परी घाइते भएका दुइजनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत तर्फ जादै गरेकोे ०२०० ख ०२४७ नम्बरको मिनी बस दैलेखको आठबीस नगरपालिका–१ को सेलाघाटमा दुर्घटना हुदा २ जनाको को मृत्यु भएको हो । कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय जितेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको हो, भने नरहरीनाथ गाउँपालिका निवासी २१ वर्षीय कमल विकको उपचारका क्रममा पादुका मेडिकल हलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी अर्जुन चन्द्रका अनुसार बसमा सवार १७ जना मध्ये १० जनाको अवस्था गम्भीर भएकोले उपचारको लागि सुर्खेत लगिएको जनाएको छ । अन्य ५ जनाको पादुका स्वास्थ्य क्लिनिकमा उपचार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad