बृद्धलाई उन्मात बैस चढेपछि…………………

प्रदेश ३ समाज

रामेछाप । उमेरले डाडाे काटेपनि शरिरमा उन्मात रुपमा बैस चढेपछि जंगलमा ढुकेर महिला माथि बलात्कारको प्रयास गर्ने रामेछाप डडुवाका ७६ बर्षिय बृद्ध नानीबहादुर तामाङ्ग प्रहरीको फन्दामा परेका छन् ।
पिडीत महिलाले दिएको किटानी जाहेरीको आधारमा ती बृद्धलाई विहिबार प्रहरीले पक्राउ गरेको हो । दोरम्वा गाउँपालिका वडा नं–१ डडुवाको बेशीबाट घर तर्फ फर्कदै गरेकी ५५ वर्षिय एक महिलालाई गोपिखोलास्थित एकान्त जंगलमा समातेर जर्वजस्ती करणी गर्न खोज्ने दोरम्वा गाउँपालिका वडा नं–१ डडुवाका ७६ वर्षिय बृद्ध नानीबहादुर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको छ । एकान्त जंगलमा महिला चिच्चाएको आवाज सुनेपछि वस्तु हेर्न गएका गोठाहरुले हल्लिखल्ली गरेपछि ती बृद तामाङ्गले महिलालाई छाडेर भागेका थिए ।
पिडीत महिलाले बेशीबाट गाउँको घरतर्फ जाने क्रममा बिच जंगलमा एकान्त ठाउँमा लुकेर बसेका बृद्ध तामाङ्गले समातेर जर्वजस्ती करणी गर्न खोजेपछि आफुले गुहार माग्दा जंगलमा वस्तु चराउन गएका गोठालाहरुले हल्लिखल्ली गरेपछि आफु बच्न सफल भएको भन्दै जर्वजस्ती करणी गर्न खोज्ने तामाङ्गलाई हदैसम्मको कानुनी कारवाही होस् भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएकी छिन् । प्रहरीले महिलाले दिएको किटानी जाहेरीको आधारमा बृद्ध तामाङ्गलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापले जर्वजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्धामा दोषि ठहरीएका हालसम्म फरार सूचिमा रहेका मन्थली नगरपालिका पालिका वडा नं.–२ टेकानपुरका ५२ बर्षिय अर्जुन श्रेष्ठ पक्राउ गरि हाल जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने अर्जुन श्रेष्ठलाई रामेछाप जिल्ला अदालतवाट २०७५ असार ४ गते ज्यान मार्ने उद्योग र जर्वजस्ती करणी उद्योगमा दोषी ठहर भई २ वर्ष ५ महिना १७ दिन जेद सजाय तोकिएको थियो ।
अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले बिहिवार मन्थलीको पुरानो कटहरबोट छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई शुक्रवार जिल्ला अदालत रामेछापमा पेश गरि कारागार चलान गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box
ad