कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखी हुने

शिक्षा

रामेछाप । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने मंगलवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा जेठ २६ गते शुरु भई असार ४ गते सकिने गरि निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडी सारेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि शुरु गर्ने गरि राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरिसकेको छ ।
यसअघिका बर्षहरुमा बैशाखदेखि कक्षा सञ्चालन हुने र चैत्रमसान्तमा शैक्षिक सत्र सम्पन्न हुने गर्दथ्यो । मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई दिएको थियो ।

Facebook Comments Box
ad