रामेछापमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) बोर्ड राखियो

प्रदेश ३ राजनीति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछापमा मंगलवार नेकपाको साइनबोर्ड हटाएर नेकपा (एमाले) को साइनबोर्ड राखिएको छ ।
बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले नेकपा पार्टी कार्यालयमा राखिएको साइनबोर्ड हटाएर नेकपा (एमाले) को बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा सानवोर्ड राख्दै मन्त्री ढुगेलले कार्यकर्ताहरुलाई एमालेको ब्यारभित्र बसेर संगठित भएर लाग्न आग्रह गरेका छन् । मन्त्री ढुंगेलले आजैवाट नियमित रुपमा पार्टी अफिस खोलेर काम गर्ने र आवश्यक अनुसार बैठक बसेर वडा तहसम्म पार्टीका संगठन विस्तार लगाएका कामहरु संञ्चालन हुने जानकारी दिए ।
सर्वोच्च अदालतले गरेको फैसला आफ्नो पार्टीले अक्षरस पालन गर्ने मन्त्री ढुंगेलले बताए । उनले भने– जनताको बहुदलीय जनवाद हतियार भएकाले पार्टीवाट कोही पनि कार्यकर्ता वा नेता बाहिर जानै नसक्ने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट भएर पार्टीको संगठन विस्तारमा लाग्न समेत आग्रह गरे ।
त्यसैगरी मन्त्री ढुंगेलले नेकपा रामेछापका पार्टी अध्यक्ष आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडेरियाले नै कायम हुने बताए । उनले भने– अहिले एमाले पार्टीको अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडेरिया नै हुन् । पछि पार्टीले छलफल गरेर अर्कै केही गरेछ भने बेग्लै हो, अहिले भने हाम्रो अध्यक्ष र सचिव उहाँहरु नै हो ।
तत्कालीन एमाले रामेछापको अध्यक्ष पदमा हालका प्रदेश सांसद शान्तीप्रसाद पौडेल रहेका थिए भने सचिवमा आनन्द श्रेष्ठ रहेका थिए । प्रदेश सांसद शान्तीप्रसाद पौडेल माधव–प्रचण्ड समुहमा लागेपछि ओली समुहले सचिव आनन्द श्रेष्ठलाई अध्यक्ष र सचिव पदमा पुरुषोत्तम कडेरियालाई चयन गरेको थियो ।
सर्वोच्च अदालतले आइतवार गरेको फैसलाले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएका हुन् ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad