सुनको भाउँ बढ्यो

अर्थ प्रदेश ३

काठमाण्डौं । स्थानीय बजारमा सुनको भाउँको मूल्य पुनःउकालो तर्फ लागेको छ । अघिल्लो साता लगातार रुपमा ओरालो लाग्दै आएको सूनको मूल्य आइतवार तोलामा रु. ५ सयले बढेको हो ।
सूनको मूूल्य उकालो लाग्ने क्रममा आज छापावाला सूून प्रति तोला रु.८६ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रवार छापावाला सुनको मूल्य तोलामा रु.८५ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी तेजाबी सुन पनि तोलामा रु.५ सयले बढेको छ ।
तेजाबी सुन शुक्रवार तोलाको रु.८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको सुुनको मूल्य आज तोलामा रु.८५ हजार ६ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंङले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

Facebook Comments Box
ad