किशोरीलाई बलात्कार गर्न खोज्ने युवक जेल चलान

प्रदेश ३ समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । रामेछाप नगरपालिका वडा नं–४ हिमगंगाको गोरेटो बाटोमा पैदल हिड्दै गरेकी किशोरीलाई समाएर जर्वजस्ती करणी गर्न खोज्ने युवक शुक्रवार कारागार चलान भएका छन् ।
किशोरीलाई जर्वजस्ती करणी गर्न खोज्ने मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका सबिन केसी कारागार चलान भएका हुन् । युवक केसीको विरुद्ध तीनसाता अघि पिडीत किशोरीले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गरेकी थिइन । किशोरीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले युवक केसीलाई पक्राउ गरि हिरासतमा लिएर अनुसन्धान थालेको थियो ।
प्रहरीको नियन्त्रणमा परेका युवक केसीले अपराध स्विकारेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरीको राय साथ मिसिल जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो । सरकारी वकील कार्यालयले प्रहरीको राय र अभियोग पत्रसाथ रामेछाप जिल्ला अदालतमा बुझाएको  थियो । सरकारी वकील कार्यालयले बुझाएको अभियोग पत्रको आधारमा रामेछाप जिल्ला अदालतले युवक केसीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेको हो । रामेछाप अदालतको फैसला सँगै युवक केसीलाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आफ्नो घरवाट आफन्तको घरतर्फ जादै गरेकी ती किशोरीलाई एकान्त जंगलमा समातेर केही युवक केसीले किशोरीको मुखमा कपाड कोचेर जर्वजस्ती करणी गर्न खोजेका थिए । जर्वजस्ती गर्न थालेपछि ती किशोरीले युवकको मुखमा टोकेर भाग्न सफल भएकी थिइन ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad