वारा । युवाहरुको क्षमता विकास गराउने उदेश्यले निजगढ क्रियटीभ स्कील डेभलभमेन्टले पाँच दिने नेतृत्व विकास तालीम शुरु गरेको छ ।
निजगढ नगरपालिका वडा नम्बर–८ को सहयोगमा वडा भित्रका युवाहरुकोे क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । निजगढ क्रियटीभ स्कील डेभलभमेन्टका संयोजक विष्णु प्रसाद रिसालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष टेकबहादुर लामाले धेरै युवाहरुको अन्र्तनिहीत क्षमता हँुदाहँुदै वाक कलाको विकास नहँुदा धेरै युवाहरु पछि परेकाले वडामा आएको बजेटबाट युवा लक्षीत कार्यक्रम सञ्चालन गरेको बताए ।
अध्यक्ष लामाले युवाहरुलाई यस भन्दा अघि पनी युवा लक्षीत बिभिन्न खाले कार्यक्रमहरु सञ्चालन गरेको बताएका छन् । त्यस्तै गरी नेपाली काँग्रेसका युवा नेता पेमासिद्धी लामा, माला लामा लगाएतका वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरुको लागि तालीम अती उपयोगी हुने भन्दै युवाहरुलाई सक्रिय सहभागीता जनाउन आग्रह गरेका छन् ।
पाँच दिनसम्म चल्ने उक्त तालीमको पदम भण्डारी, युबराज श्रेष्ठ र ज्ञानु श्रेष्ठले सहजीकरण गर्ने आयोजक संस्थाले जनाएको छ । तालीममा वडा भित्रका ३० जनाको सहभागी रहेको छ । तालिम उद्घाटन कार्यक्रम सञ्चालन बलराम खड्काले गरेका थिए ।

युवालाई क्षमता बिकासको लागि नेतृत्व विकास तालिम
Facebook Comments Box