छिमेकीलाई ढुङ्गा हान्ने बाबुछोरा प्रहरीको फन्दामा

प्रदेश ३ समाज

रामेछाप । छिमेकीलाई गालीगलौज गरि ढुङ्गा प्रहार गर्ने एकाघरका दुई बाबु छोरा जिल्ला प्रहरी कार्यालयको फन्दामा परेका छन् ।
छिमेकीलाई ढुङ्गा प्रहार गरि गालीगलौज गर्ने मन्थली नगरपालिका वडा नं–१३ फुलासीका ४९ बर्षिय खड्कबहादुर खत्री र उनका २५ वर्षिय छोरा केदार खत्री प्रहरीको फन्दामा परेका हुन् । उनीहरुले छिमेकी ५० बर्षिय टंकबहादुर खत्रीलाई गालीगलौज गरि ढुङ्गा प्रहार गरी घाइते बनाएका थिए । घाइतेले जिल्ला प्रहरी कार्यालय रामेछपमा किटानी जाहेरी दिएपछि ढुङ्गा प्रहार गर्ने बाबुछोरालाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार– घाइते टंकबहादुरको हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । घाइतेका आफन्तले दिएको निवेदनको आधारमा प्रहरी चौकी फुलासीवाट खटाइएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरि हाल जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको बताए ।
घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरि आवश्यक कारवाही गर्ने जनाएको छ ।

Facebook Comments Box
ad