ताप्लेजुङमा आँगालागीबाट ४० घरे जले

प्रदेश १ समाज

रामेछाप । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सिमानामा पर्ने दोभान बजारमा मंगलवार बिहान देखी लागेको आगलागीमा परेर ४० घर जलेर नष्ट भएको छ ।
दोभान बजारमा विहान देखी लागेको आँगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । आगलागीमा परेर पसल सहित ४० घर जलेर नष्ट भइसकेका छन्, भने आँगो अझै नियन्त्रणमा आउन सकेको छैन् । दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोश्रो ठूलो र व्यस्त बजार मानिन्छ ।
दोभान बजारमा सबै घरहरु काठ र टिनवाट निमार्ण भएका एकआपसमा जोडिएकाले गर्दा आगो नियन्त्रण लिन नसकिएको हो । उक्त क्षेत्रमा आगो निभाउन पुगेको दमकलको सहायतले आगो निभाउने प्रयास पनि असफल भएको छ । स्थानिय व्यवसायी भोला पौडेको घर नजिकैवाट आगलागी शुरु भएको थियो ।


दोभान बजारसम्म जाने सबै कच्ची सडक भएकाले समयमा दमकल पुग्न समेत समस्या भएको थियो । अहिले त्यस क्षेत्रमा डोजर लगाएर केही घरहरु भत्काउने काम भइरहेको छ । आगो नियन्त्रण वाहिर गएपछि त्यसलाई नियन्त्रण गर्न फुङ्लिङ बजारमा रहेको बारुण यन्त्र समेत घटनास्थल तर्फ पठाइसकिएको र प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको ताप्लेजुङका प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले जानकारी दिए ।

Facebook Comments Box
ad