राष्ट्रपतिद्धारा फागुन २३ गते संसद अधिशेन आह्वान

बिशेष समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यहीँ फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले फागुन २३ गते बेलुका ४ बजेको समयमा संसद् बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट सोमवार मात्रै संसद अधिवेशन वोलाउन राष्ट्रपति समक्ष सिफारिस पत्र पेश गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन । प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको थियो ।
प्रतिनिधिसभा विघटनको बिषयमा सर्वोच्च अदालतमा परेको निवेदनमाथी सुनुवाई गर्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापना गरेको थियो । सर्वोच्चले १३ दिनभित्र बैठक वस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सर्वोच्चको परामेदशपछि मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad