सुत्केरी भैँसी र गाईलाई भत्ता रकम बितरण

अर्थ प्रदेश ३ समाज

रामेछाप । रामेछाप नगरपालिकाले किसानहरुले पालेको भैँसी र गाईलाई सुत्केरी भत्ता रकम वितरणको काम शुरुवात गरेको छ ।
नगरपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउनको लागि किसानहरुलाई प्रोत्साहन स्वरुप सुत्केरी भैँसी र गाईलाई सुत्केरी स्याहार भत्ता रकम वितरण गरेको हो । नगरपालिकाले प्रति भैँसी÷गाई एक हजारका दरले किसानहरुलाई रकम दिएको हो । नगरपालिकाले वडा नं–१ गोठगाउँका ७१ जना र वडा नं–३ साँघुटारमा गरि ८० जना किसानहरुलाई सुत्केरी भक्ता रकम बितरण गरेको हो ।
नौ वटा वडा कार्यालय रहेको रामेछाप नगरपालिकाले क्रमशः किसानले पालेका भैँसी÷गाईको सुत्केरी भक्ता रकम क्रमशः प्रदान गर्दै जाने बताएका छन् । नगरपालिकाले शुरुवात गरेको यो अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिने रामेछाप नगरपालिकाकी उप–प्रमुख सिजृन खड्काले बताइन ।
किसानहरुलाई प्रदान गरिने भैँसी÷गाई को सुत्केरी रकम लिन पाडा, पाडी÷वाच्छा÷वाँच्छीको फोटो सहित निवेदन र वडा कार्यालयको सिफारिस साथ नगरपालिकाको पशु सेवा शाखामा निवेदन दिनुपर्ने प्रावधान राखेको छ ।

Facebook Comments Box

ad ad