नेकपा दाहाल नेपाल समुहको रामेछापमा दिप प्रज्वलन

राजनीति

रामेछाप । रामेछापमा नेकपा दाहाल नेपाल समुहले सर्वोच्च अदालतको फैसलाको स्वागत गदै दिप प्रज्वलन गरी खुसि मनाएको छ । रामेछापको सदमुकाम मन्थली वजारको देवकोटा चोकमा नेकपा दाहाल नेपाल समुहले दिप प्रज्वलन गरी सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै दिप प्रज्वलन गरेको हो ।


मंगलवार दिउसो प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबराले प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा संसद पुनःस्थापना भएको फैसला सुनाए संगै नेकपा दाहाल नेपाल समुहले दिप प्रज्वलन गर्दै खुसी ब्यक्त गरेका हुन ।
दाहाल नेपाल समुहका नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमका अवसरमा बोल्दै प्रदेश सांसद शान्ति प्रसाद पौडेलले सत्ता र सत्यको लडाइमा सत्यले जितेको बताएका छन् । पौडेलले संसद पुनःस्थापना भएको सर्वोच्चको फैसलाको खुसियालिमा बुधवार विजय जुलुस समेत प्रदेश सांसद तथा नेकपा सचिब पौडेलले बताए । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ ।

Facebook Comments Box

ad ad