ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो

समाज

रामेछाप । मोरङको उर्लाबारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको उपचारको क्रममा ज्यान गएको छ ।
ट्रकले ठक्कर दिदा गुडिरहेको स्कुटरमा रहेका उर्लावारी नगरपालिका वडा नं–८ का २३ वर्षिय प्रदीप धामी र सोही गाउँका २२ वर्षीय सुदीप भुजेलको उपचारको क्रममा उनीहरुको ज्यान गएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–४ मा प्र १–०१–००१क १०३५ नम्वरको ट्रकले बिपरीत दिशावाट आइरहेको ३१ प ५१ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते भएका दुवै जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भीमबहादुर दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

ad ad