श्रीमतीको हत्या गरी फरार थामी पक्राउ

प्रदेश ३ समाज

दोलखा । कालिन्चोक गाउँपालिका वडा नं. ६, लापिलाङका २७ वर्षिय हिमाल थामीलाई प्रहरीले प्रकाउ गरेको छ । गए राती करिब २ः३० बजे तिर २१ वर्षिय श्रीमती सुनिता थामी लाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका हिमाल थामीलाई आज विहान प्रहरीले प्रकाउ गरेको हो । खुकुरी प्रहारबाट मृतक थामीको टोउको र शरिरका विभिन्न भागमा चोट लागेकोे छ । खुकुरी प्रहार गरि फरार भएका थामीलाई आज बिहान कालिञ्चोक गाउँपालिका वडा नं. ७ सिसागोलाई बाट प्रक्राउ गरिएको दोलखाका प्रहरी प्रबक्ता प्रहरी निरक्षक अञ्जन कोईरालाले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेकोले थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक कोईरालाले जानकारी दिए ।
स्थानिय प्रकाश थामीका अनुसार तिन वर्ष यस अघि पनि हिमाल थामीकी पहिलो श्रीमतिले झुण्डिएर आत्माहत्या गरेको थिइन् । त्यस लगतै उनले सुनितालाई दोस्रो श्रीमतिको रुपमा भित्राएको जनाएको छ ।

Facebook Comments Box
ad