तोकिएकै समयमा निर्वाचन हुन्छ–थपलिया

बिशेष राजनीति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै समयमा आगामी बैखा १७ र २७ गते हुने भएकाले निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आव्हान गरेका छन् ।
सो कुरा उनले पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै सरोकारवालाहरुले सक्रियतापूर्वक सहभागीता र सहमतीमा सर्वस्वीकार्य निर्वाचन गर्ने गुरुत्तर दायित्व पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको आयुक्त थपलियाले स्पष्ट पारेका छन् ।
उनले चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनितीक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज र मतदाता लगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहकार्य, समन्वय र सहभागीता रहेनमा आयोग रहेको छ ।
नेपालमा वि.स.२०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले २०७३ देखी फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउँदै आएको छ । निर्वाचन दिवसको अबसर पारेर आयुक्त थपलियाले निर्वाचनको सबै तयारीहरु निर्वाचन आयोगले जारी राखेको बताएका छन् ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad