जर्जियाका प्रधानमन्त्रीले राजीनामा दिदै

विश्व

तिब्लिसी । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले आफ्नो पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री गिर्योगीले बिहिवार एक बक्तब्य जारी गर्दै प्रधानमन्त्री पद त्याग गर्ने घोषणा गरेका हन् । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको बिषयलाई लिएर सत्तारुढ दलसँग भएको सहमति अनुसार आफुले प्रधानमन्त्री पदबाट राजिनामा दिन लागेको जारी बक्तव्यमा उल्लेख गरिएको छ ।
मेलियालाई गिरफ्तार गर्नु ठूलो गल्ती भएको स्वीकार गरिएको छ । सो घटनालाई लिएर देशकै खतरनाक राजनितीक घटनाको रुपमा लिएको अधिकारीहरुले जनाएका छन् । मेलियालाई गिरफ्तार गरेको बिषयलाई लिएर विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलवार निलम्बन गरेको छ ।

Facebook Comments Box
ad