अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

विश्व

काठमाण्डौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान सात महिनापछि ४७ करोड किलोमिटर यात्रा पार गरेर मंगल ग्रहमा अवतरण गरेको छ ।
उक्त यान नेपाली समयानुसार शुक्रवार बिहान पौने तीनबजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । नासाको सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने पहिलो प्रयास सफल भएको छ । ६ वटा पाङ्ग्रा भएको अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स सात महिनापछि मंगल ग्रहमा पुगेको हो ।
अन्तरिक्ष यान मंगल ग्रहमा अबतरण गर्नुअघि वैज्ञानिकले सबैभन्दा कठिन चुनौती भएको भएता पनि मङ्गल ग्रहको सतहमा सुरक्षित तबरले अवतरण गर्नु ठूलो कुरा रहेको बताएका थिए । मंगल ग्रहमा अन्तरिक्ष यानको सफल अवतरण भएसँगै क्यालिफोर्नियामा रकेको कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरुले खुशी मनाएका छन् ।
अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेपनि आठ प्रयास मात्रै सफल भएको छ । यसपटक पुगेको अमेरिकी अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भए÷नभएको अध्ययन गर्ने जनाइएको छ ।

Facebook Comments Box
ad