सम्पत्ती सुद्धिकरणबाट पनि छुटे अध्यक्ष–खड्का

प्रदेश ३ समाज
  • 706
    Shares

रामेछाप । सम्पत्ती सुद्धिकरण मुद्धामा पक्राउ परेका लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का धरौटीमा आइतबार थुनामुक्त भएका छन् ।
यसअघि जर्बजस्ती करणी उद्योगको आरोपमा कारागारमा रहेका अध्यक्ष खड्कालाई उच्च अदालत पाटनले ५ लाख धरौटी रकम मात्रै लिएर थुनामुक्त गर्न दिएको आदेशपछि शुक्रबार जिल्ला अदालत रामेछापबाट रिहा भएका अध्यक्ष खड्कालाई सोही दिन पुनः प्रहरीले पक्राउ गरि हिरासतमा लिएको थियो ।
प्रहरीको हिरासतमा रहेका खड्कालाई जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार सम्पत्ति सुद्धिकरण विभाग ललितपुर पठाएको थियो । सम्पत्ती सुद्धिकरण विभागले आइतवार नै अध्यक्ष खड्कासँग बयान लिएको थियो । विभागले अध्यक्ष खड्कासँग बयान पछि १० लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो । अध्यक्ष खड्काका परिवारले सम्पत्ती सुद्धिकरण विभागले माग गरेको रकम जम्मा गरे लगत्तै खड्का छुटेका हुन् ।
सम्पत्ती सुद्धिकरण विभागवाट धरौटी रकम राखेर छुटेपछि अध्यक्ष खड्का अहिले आफ्नै काठमाण्डौंको घरमा बसेका छन् । केही दिन घरमै बसेर आफ्नो घरायसी व्यवहार मिलाएर दुई÷चार दिनभित्रै गाउँपालिकामा आएर गाउँपालिकाको जिम्मेवारी सम्हाल्ने लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले जानकारी दिए ।

Facebook Comments

  • 706
    Shares