सम्मान पाएसँगै जेष्ठ नागरिक हर्षित

समाज
  • 26
    Shares

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं–६ ओख्रेनी वडा कार्यालयले गाउँका जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेसँगै गाउँका जेष्ठ नागरिहरु हर्षित भएका छन् ।
ओख्रेनी वडा कार्यालयले गाउँका १० जना महिला र १० जना पुरुष गरी २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई जाडोमा लगाउने बाँक्लो ज्याकेट, ओढ्ने मन्डी, टर्च लाइट, छाता, टेक्ने लौरो र तातो पानी राख्ने थर्मस लगाएतका सामाग्री प्रदान गरिएको थियो ।
जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले हरेक वर्ष पालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको बताए । उनले भने– जेष्ठ नागरिकहरु सँग लिएको सल्लाह अनुसार नै आफुले पालिकाको काम अघि वढाएको र आगामी दिनमा पनि जेष्ठ नागरिकहरुको सल्लाह अनुसार नै पालिकाको काम गर्ने र सम्मान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
पालिकाले वडा कार्यालयलाई दिएको बार्षिक बजेटवाट वर्षेनी गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ । यसवर्ष पनि वडाले गाउँका जेष्ठ नागरिकहरु छानेर सम्मान गर्न पाउँदा आफुलाई निकै खुशी लागेको रामेछाप नगरपालिका वडा नं–६ का वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।
वडा कार्यालयले गाउँका जेष्ठ नागरिकहरु छानेर सम्मानित गरेकोमा आफुहरुलाई अत्यन्तै खुशी लागेको रामेछाप नगरपालिका वडा नं–६ का जेष्ठ नागरिक पेमासिंह लामाले जानकारी दिए । उनले भने– भोलीका दिनमा पनि वडा कार्यालयले यसरी नै जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम राखेर सहयोग गरोस् ।

Facebook Comments

  • 26
    Shares