कोरोना संक्रमणबाट पोखरामा एकको ज्यान गयो

समाज स्वास्थ्य

कास्की । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक पुरुषको ज्यान गएको छ ।
कोरोनाबाट ज्यान गुमानेमा पोखरा महानगरपालिका वडा नं–११ का ७१ वर्षिय एक पुरुष रहेका छन् । चेकजाँचको क्रममा उनलाई कोरोना पुष्टि भएपछि उपचारको लागि पोखरमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बुधवार राती १०ः४७ मा ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिए ।

Facebook Comments Box
ad