अवैद्य गोरु सहित पक्राउ परेका चालकलाई पथलैया पठाइयो

अर्थ समाज

रामेछाप । रामेछापका विभिन्न स्थानहरुबाट गोरु संकलन गरि अवैद्य तरीकाले छिमेकी मुलुक भारत तर्फ लैजादै गर्दा गोरु सहित पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले बुधवार आन्तरिक राजश्व कार्यालय पथलैया पठाएको छ ।
गत सोमवार साँझ १७ वटा गोरु लिएर अवैद्य तरिकाले मोरङ जिल्लाको बेलबारी तर्फ लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरी टोलीले चेकजाँचको क्रममा मे १ ख २८३९ नम्वरको ट्रकबाट १७ वटा गोरु र ट्रकका चालक बिष्णु क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । चालक क्षेत्रीले अवैद्य रुपमा लगिएको गोरु शुरुमा मोरङको बेलवारी भन्ने स्थानसम्म मात्रै लैजाने बताएका थिए । पछि प्रहरीले थप सोधखोज गरेपछि चालक क्षेत्रीले छिमेकी मुलुक भारततर्फ लैजान लागेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता श्री शंकर श्रेष्ठले जानकारी दिए ।
उनले भने– अवैद्य रुपमा गोरु सहित पक्राउ परेका ट्रक चालक क्षेत्रीलाई आन्तरिक राजश्व कार्यालय राजश्व पठाएका छौं । आन्तरिक राजश्व कार्यालयले गोरु बुझ्न नमानेपछि चालकलाई नै जिम्मा लगाएर पठाइएका छौं, प्रहरी प्रबक्ता श्रेष्ठले बताए ।

Facebook Comments Box
ad