नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन शुरु

समाज
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ‘प्रेस स्वतन्त्रताको आधार ः सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौँमा शुरु भएको छ अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको हो । महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । महासंघले विधान संशोधन गरेर केन्द्रीय समितिको लागि पनि सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था लागु गर्न लागेको छ । अहिलेसम्म हरेक शाखाले पार्षद चुन्ने र पार्षदले मात्रै केन्द्रीय समितिको लागि मतदान गर्ने व्यवस्था रहेकोमा यसलाई परिवर्तन गर्न लागेको हो । महासंघले नयाँ नेतृत्वका लागि अबको एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad