प्रदेश १ को प्रचण्ड(माधव पक्षद्वारा वार्षिकोत्सव बहिष्कार

राजनीति संसद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, । प्रदेश १ को तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेको छ ।आज हुने तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–माधव पक्षका सासद तथा नेताहरु कोही पनि उपस्थित भएका छैनन् ।
वार्षिकोत्सव कार्यक्रममा नेकपा ओली पक्षधर मात्र उपस्थित भएको स्रोतले जनाइएको छ । त्यस्तै, वार्षिकोत्सवमा नेपाली कांग्रेसका तर्फबाट सांसद विन्दिया कार्की मात्र सहभागी भएकी छिन् । कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गर्ने जनाइएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका समेत सार्वजनिक गर्दै छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनी आज सरकारको तीन वर्षे उपलब्धि सार्बजनीक गर्ने भएको छ । आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका मुख्यमुख्य कामका उपलब्धिहरु प्रधानमन्त्री वलीले सार्बजनीक गर्ने भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज प्रधानमन्त्री ओलीले मुख्य उपलब्धि हरूबारे जानकारी गराउने जानकारी दिएका छन् ।
सिंहदरबारमा भर्खर पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेको हो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad