जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

प्रदेश ३ समाज

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा शनिवार एक युबकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका २७ वर्षिय सविन केसी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार– रामेछाप नगरपालिका–४ हिमगंगामा पुगेका के.सीले शुक्रबार एक किशोरीलाई जर्वजस्ती करणीको प्रयास गरेको तर आफु उम्किएर भाग्न सफल भएको भन्दै किशोरीले प्रहरीमा किटानी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका केसीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ । प्रहरी हिरासतमा रहेका केसीले किशोरीलाई जर्वजस्ती करणी गर्न खोजेको भएता पनि सफल भने हुन नसकेको भन्दै प्रहरी समक्ष स्वीकार गरेका छन् ।

Facebook Comments Box
ad