सन्दीपको न्यूनतम मूल्य ६४ लाख

अर्थ खेलकुद

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख रुपैयाँ तोकेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फेब्रुअरी १८ मा हुने अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो मूल्य न्युनतम ४० लाख भारतीय रुपैयाँ अर्थात नेपाली ६४ लाख मुल्य तोकेका हुन् ।
आइपिएल खेल्न नेपालका ८ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप बाहेक ७ मा सात जना अन्तिम अक्सन लिष्टबाट हटाइएका छन् । दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराको नाम अक्सन लिस्टमा छैन । यसअघिका तीन संस्करण सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलेका छन् ।

Facebook Comments Box

ad ad