मानव वेचबिखनका अभियुक्त श्रेष्ठ पक्राउ

समाज

काठमाडौं , मानव वेचबिखन अपराध मुद्दाका फरार अभियुक्त भुपालमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला स्थायी घर भई काठमाडौं महानगरपालिका सामाखुसी बस्ने ४२ वर्षीय भुपालमान श्रेष्ठलाई मंगलबार काठमाडौं सामाखुसी बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा २०६६ भाद्र महिनामा पीडित सँग १ लाख ५० हजार रुपैयाँ लिई नक्कली राहदानी तथा वेटरको काम गरेको प्रमाणपत्र समेत बनाई दिएपछि रमेश खड्का भन्ने तुलाराम खड्काको साथ लगाई भारतको नयाँ दिल्ली पु¥याएका थिए ।
भारतीय र अरेबियनहरुको जिम्मा लगाएको २ दिन पछि हैदर भन्ने भारतीय नागरिकसँग ३ लाख ५० हजार भारतीय रुपैयाँ लिई अभियुक्त नेपाल फर्किएको खुल्न आएको छ ।
पीडितलाई ४५ दिनसम्म बन्धक बनाई चरम शोषण दिएपछि दार्जिलिङ बस्ने एक ब्यक्तिको सहयोगमा भाग्न सफल भई नेपाल फिर्ता भएपश्चात् दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धानको क्रममा तुलाराम खड्का छुट्टा छुट्टै अपराधमा केन्द्रीय कारागारमा बन्दी जिवन बिताई रहेको खुल्न आएको छ ।
पक्राउ परेका श्रेष्ठ उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Facebook Comments Box
ad