सुनापती र दोरम्बा गाउँपालिकामा सार्वजनिक विदा

प्रदेश ३ संसद

रामेछापको सुनापति र दोरम्बा गाउँपालीकाले तमाङ समुदायको राष्ट्रिय पर्व २८५७ औं सोनाम ल्होछारको अवसरमा सार्बजनीक बिदा दिने निर्णय
गरेको छ । सोमबार बसेको सुनापती गाउँपालिकाको बैठकले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ २९,३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले विगतमा जस्तै यस बर्ष पनि ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताए । गत बर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा विदा दिएको थियो ।
दोरम्बा गाउँपालिकाले भने दुई दिन मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ ३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताए । गत बर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा दुई दिन सार्वजनीक विदा दिएको थियो ।

 

Facebook Comments Box
ad