मन्थली नगरपालिकाको पूर्वाधारको कामले गती लिन सकेन

अर्थ

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्षमा समयमा संचालन गर्नुपर्ने काम समयमा नगर्दा पूर्रवाधारकाे कामले गति लिन नसकेकाे हाे ।
मन्थली नगरपालिकाले चालु आर्थिक वर्षभित्र सडक निमार्ण तर्फ ८२ वटा, कृषि क्षेत्रतर्फ १७ वटा, सामाजिक विकास तर्फ क्षमता विकासका कार्यक्रम तर्फ १४ वटा, र मुख्य कार्यक्रमतर्फ २८ वटा, शर्सत अनुदान तर्फको बजेटबाट ९ वटा योजना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका १० वटा योजना गरि ३ सय ६ वटा आयोजनाहरु सञ्चालन गर्ने लक्ष्य लिएको नगरपालिको ७ महिनाको अवधिमा जम्माजम्मी ६५ वटा आयोजनाको काम मात्रै सकेको मन्थली नगरपालिकाका सूचना अधिकारी उप–सचिब हेमन्त बुढाथोकीले जानकारी दिए ।
उनले भने– कार्यालयको विबिध समस्याका कारण सोचेजती आयोजनाहरुको काम पुरा हुन सकेको छैन् । पालिका भित्र अहिले १ सय २ वटा आयोजनाको काम जारी रहेको छ भने २ सय २९ वटा आयोजनाको कामको लागि सम्झौता नै हुन बाँकी छन् । सम्झौता हुन बाँकी रहेका योजनाहरुको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको उप–सचिव बुढाथोकीले बताए ।
गएको आर्थिक वर्ष २०७६÷०७७ मा पालिकामा सञ्चालित १५ योजनाको काम बाँकी रहेकाले ती योजनाहरुको दायित्व सरेर यस आर्थिक वर्षमा पनि सञ्चालित रहेका  छन् । मन्थली नगरपालिकामा रहेका १४ वटै वडामा भौतिक पूर्वाधारको लागि यस चालु आर्थिक वर्षको पूर्वाधार तर्फ १४ करोड ७५ लाख ६७ हजार ६ सय १२ रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजन गरेको वजेट अनुसार चालु आर्थिक वर्षको सात महिना वितिसक्दा पनि पालिकाले लिएको लक्ष्य अनुसारको काम भने हुन सकेको  छैन् ।

Facebook Comments Box

ad ad