नेपाली काँग्रेसद्धारा स्वास्थ्य सामग्री बितरण

स्वास्थ्य

रामेछाप । नेपाली काँग्रेस रामेछाप– काठमाण्डौं सम्पर्क समितिद्धारा रामेछाप जिल्लाको दोरम्बा र सुनापती गाउँ पालिकाका स्वास्थ्य केन्द्रहरुलाई अक्सिजन मापन गर्ने अक्सोमिटर वितरण गरेको छ ।
बिरामीको शरिरमा अक्सिजन मापन गर्नका लागि आवश्यक अक्सोमिटर कोभिड–१९ सँग सम्बन्धित विरामीका लागि अति नै आवश्यक पर्ने भएकाले आफुहरुले जिल्लाका स्वास्थ्य केन्द्रहरलाई यस प्रकारको सामग्री वितरण गरेको नेपाली काँग्रेस रामेछाप – काठमाण्डौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए ।
जिल्लाका ८ वटा स्थानीय तह मध्ये अहिले खाँडादेवी र सुनापति गाउँपालिकाका सवै स्वास्थ्य केन्द्रहरुमा यस प्रकारको स्वास्थ्य सामग्री वितरण गरिएको र अव केहि दिन भित्रमा नै जिल्लाका बाँकी रहेका अन्य ६ वटा स्थानीय तहमा पनि वितरण गरिने सम्पर्क समितिले जनाएको छ । नेपाली काँग्रेसको रामेछाप काठमाण्डौं सम्पर्क समितिले यस अगाडि पनि कोभिड न्यूनिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु वितरण गरेको थियो ।

Facebook Comments Box

ad ad