रामेछापको उच्च लेकाली भुभागमा हिमपात, जनजीबन प्रभाबित

बिशेष समाज

रामेछाप । रामेछापको उच्च लेकाली भुभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीबन प्रभाबित भएको छ ।
जिल्लाको उच्च लेकाली भुभागमा शनिवारबाट हिमपात शुरु भएको हो । बिगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्दथ्यो । यसवर्ष भने ढिलो गरि वर्षात र हिमपात भएको छ । जिल्लाको उच्च लेकाली भुभाग उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, देउराली, चुचुरे लगाएतको क्षेत्रमा हिमपात भएको छ ।
त्यसैगरी दोरम्वा गाउँपालिकाको गौश्वारा, डडुवाको शैलुङ्ग र खोलाखर्क क्षेत्रमा भिषण मात्रामा हिमपात भएको हो । हिमपात भएसँगै त्यस क्षेत्रको जनजीवन प्रभावित भएको दोरम्वा गाउँपालिका वडा नं–१ डडुवाका दावा शेर्पाले जानकारी दिए । उनले भने– गएको वर्ष भन्दा यस वर्ष धेरै ढिलो गरी हिउँ परो । अहिले शैलुङ्ग क्षेत्रमा हिमपात भएसँगै हिउँमा खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।
उच्च लेकाली भुभागमा वर्षात सँगै हिमपात भएपछि त्यस क्षेत्रमा रहेका चौरीगाईहरु अहिले बेशी भुभागमा सारिएको छ । हिमपातका कारण चरन क्षेत्रसमेत प्रभावित भएको र अत्याधिक मात्रामा चिसो वढेकाले चौरीहरु बेसी भुभागमा सारिएको त्यस क्षेत्रका चौरीपालक किसानहरुले बताएका छन् ।


लेकाली भुभागमा वर्षात र हिमपात सँगै अत्याधिक मात्रामा चिसो वढेपछि त्यस क्षेत्रका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन् । अत्याधिक चिसोका कारण विद्यालयमा अध्ययनरत साना बालबालिकाहरु विद्यालयमा आउन छाडेका हुन् । चिसो वढी भएकाले जेष्ठ नागरिक, साना बालबालिका, सुत्केरी महिला र दिर्घ रोगीहरु बढी मात्रामा प्रभावित भएको उमाकुण्ड गाउँपालिका वडा नं–१ गुम्देलका नोर्बु शेर्पाले जानकारी दिए ।
चिसोवाट बच्न न्यानो कपडा लगाउने, घरबाट बाहिर ननिस्कने र झोलिलो तातो खानेकुरा खादा जेष्ठ नागरिक, सुत्केरी महिला र साना बालबालिकाहरुलाई चिसोवाट जोगाउन सकिने तामाकोशी अस्पतालका डा.केशब धामीले जानकारी दिए । उनले भने– साना बालबालिका, जेष्ठ नागरिकहरु र दमका विरामीहरुलाई वढी मात्रामा चिसोले असर पुर्याउने भएकाले चिसोवाट जोगिने उपायहरु अपनाउनु पर्ने बताए ।

Facebook Comments Box
ad