बुद्धि पु¥याए अब रवीन्द्रहरूको पालो !

विचार / ब्लग विश्व

नहुने चुनावको घोषणासँगै बहुमतका प्रधानमन्त्री एकाएक विवादमा आएपछि अहिले देशैभरि राजनीतिक तरङ्गका ज्वालामुखीहरू फुटिरहेका छन् । यो माहौलले पुराना र दसकौंदेखि नेपालमा शासन गरिरहेका तथा सनातन सोचका नेकपा (यतिखेर भन्दा ओली गुट र दाने गुट), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीजस्ता पार्टीहरूको वैचारिक धरातल धुलिसात भएको छ ।
अझ उदेकको कुरा त के छ भने यसका नेता र कार्यकर्ताहरूको सैद्धान्तिक अवस्थाको जनतालाई बास्तविक पहिचान भएको छ ।
नेपालका सबैजसो नेताहरू नाङ्गिने क्रम जारी छ । यो राजनीतिक अन्योल अझै बढेर जाने हो भने केही महिनामा जनताले अलिअलि बँचाएर राखेका तिनीहरूका नेतानेतृहरू प्रतिका सद्भावहरूमा पनि पानी फेकिँने छ ।
कोरोनाको भ्याक्सिन किनेर सबै जनतालाई लगाउनु पर्ने अहम् सबालमा नेताहरू यही बेला राजनीतिक किचलो, पाँडे गालीका भँडास पोख्न उद्यत्त र व्यक्तिगत हिलो छ्यापाछ्यापमा व्यस्त भएर लागेका देखिए ।
केही महिनासम्म प्रधानमन्त्री निवास बालुवाटारलाई अहिले काम चलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका दोस्रा कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो नग्नता प्रदर्शनका लागि नाट्य मञ्च बनाएका थिए भने अहिले नेकपाका ओली गुट र दहाल–नेपाल गुटका नेता÷कार्यकर्ताहरू देशैभरि नाटक मञ्चनका लागि दौडाहामा छन् । देशमा चुनावी नाटकभित्र अनेक विदुषक (जोकर) हरू रमाइरमाई आफूलाई दिइएको भूमिका बेमिसाल रुपमा निर्वाह गरिरहेका छन् ।
तिनीहरूको सूत्रधार चाहिँ दिल्ली वा बेजिङमा बसेर चेसको गोटी चाल्नमा व्यस्त हुनसक्छ । नेपाली राजनीतिमा देखिएका÷नदेखिएका शक्ति केन्द्रहरू, नेता÷कार्यकर्ताहरू, शुभेच्छुक÷मतदाताहरू र तिनका सबै हाँचका कार्यकर्ताहरू समेत विभाजन हुने गरी अहिले बेसाइएको कृत्रिम नाटकलाई लोकतन्त्र, विधिको शासन र विकासको चाहनालाई मन पराउने जोसुकै देशभक्त, बुद्धिजीवी र स्वाभीमानी नेपालीले मन नपराउनु स्वभाविकै हो ।
यो बेला प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले हिटलरी शैलीमा निरंकुश बन्दै गएको ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनको घटनालाई चुनावमा रुपान्तरण गरेर नयाँनयाँ मुद्दाका रुपमा उठान गर्दै जनताका माझमा लैजान सकेको छैन ।
काँग्रेस सभापति शेरबहादुर देउवा अहिले दोहोरो भूमिकामा देखिएका छन् जसले गर्दा काँग्रेसका जुझारु, त्यागी, सिद्धान्तनिष्ठ र कर्मठ कार्यकर्ताहरू निराश देखिएका छन् । जसका दुई कारण रहेका छन् ः
एक ः देउवा पर्ख र हेरको राजनीतिक दाउमा रहेका छन् । उनलाई सत्ताको बुई कहिले चढौंजस्तो भैसकेको छ । केही दिन अघि उनले एक कार्यक्रमका दौरान भन्न पनि भ्याइहालेका छन् । अबको चार महिनापछि नेपाली काँग्रेस सत्तामा ! कस्तो निकृष्ट सोच हो यो लेभलका नेताको ?
उनले त आफ्ना देशव्यापी रहेका बीसौं लाख कार्यकर्ताहरूलाई माझ मुखले सर्वसत्तावादी ओली सरकारको घोर विरोध गर्दै अहिलेदेखि नै चुनावको तयारी गर्नु पर्दथ्यो । उनी संसद पुनस्र्थापना भयो भने संसदमा हुने खेलमा निर्णायक शक्ति बन्ने र जतापट्टि राजनीतिक च्याँखे पर्दछ उतैतिर लाग्ने विचारमा रहेका छन् । त्यसैले देशैभरि नेपाली काँग्रेसले आन्दोलनमा ल्याउनु पर्ने जति उभार ल्याउन सकिरहेको छैन ।
दुई ः उनले प्रतिनिधि सभा विघटनपछि वर्तमान सरकारका विरुद्धमा एम्सीसीका सवालमा, भारतसँगको सम्बन्ध चिसिएको सवालमा र संवैधानिक निकायहरूमा नियुक्ति भएका व्यक्तिहरूका सबालमा जुन हिसाबले नि¥क्यौल गरेर जनताका माझमा जानु पर्दथ्यो त्यसरी नगएको हो कि भन्ने भान परिरहेको छ । आफ्नी सासूको राजदूतको पदसँग उनले सिङ्गै काँग्रेस पार्टीको भविष्यलाई गाँसिदिएका छन् जसले जुझारु कार्यकर्तालाई अक्क न बक्क बनाइदिएको छ ।
काँग्रेसको अर्को पुरानो मान्यता के छ भने ऊ कम्युनिष्टहरूको फुटपछि स्वतः आफू ठूलो भइन्छ भन्ने सोच राख्छ जुन सोच सारै पुरानो हो । संगठन बढाउन, नयाँनयाँ राजनीतिक इसुले जनताको ध्यान तान्नु त परै आओस् विरोधीको फुटले आफूलाई फाइदा हुन्छ भन्ठान्नु र संगठनलाई थप चुस्तदुरुस्त बनाउनका लागि मिहिनेत नै नगर्नु चाहिँ देश र जनताप्रतिकै घात हो ।
अहिले यतिखेर यही फुटको मानसिकतामा काँग्रेस चुनावमा गयो भने अहिलेको सिटभन्दा केही माथि ल्याउन सक्ला तर ठूलो पार्टी बन्छु भनेर ग्यारेन्टी गर्दै सुतेर बस्ने हो भने विवेकशील साझा, जनता समाजवादी र चुनावमा आउने नयाँनयाँ दलहरूले रुष्ट भएका कम्युनिष्टको भोट नकाट्लान् भनेर ग्यारेन्टी गर्न सकिँदैन ।
राजनीतिको तावा गरम भएका बेला जोसुकै टाठा नेताहरूले आफ्नो रोटी सेक्न सक्छन् । अहिले यतिखेरको माहोलमा नेपाली जनताको मत विभाजन भएको स्थिति छ । जनताले विगत्का नौ महिने र १२ महिने सरकारका अस्थिर शासनलाई दिक्क वाक्क मानेर गत निर्वाचनमा कम्युनिष्टहरूलाई बहुमतको विश्वास सुम्पेका थिए ।
अहिले त्यो विश्वासलाई नेकपाकै नेताहरूले लात मारिरहेको स्थिति देखिन्छ । यस्तो बेलामा नयाँ पुस्तालाई लोभ्याउन सक्ने नयाँनयाँ पार्टीहरू राजनीतिक बजारमा नआऊलान् भन्न सकिँदैन ।
यो अवसरलाई खासगरी विवेकशील साझाले क्यास गर्न सक्नु पर्ने हो । तर गर्न सकिरहेको छैन । नेता रवीन्द्र मिश्र अझै पनि फेसबुकमै संगठन गरेर, चन्दा मागेर र उनका समर्थकका नाममा देखापर्ने भ¥चुअल दुनियाँका झुण्डहरूको लाइक, कमेन्ट र सेयरमै मख्ख परेका छन् । यो उनको सबैभन्दा ठूलो कमजोरी हो ।
अहिले त उनले देशव्यापी रुपमा दौडाहा गरेर संगठनलाई बलियो बनाउने बेला हो । समर्थकहरूलाई कार्यक्रमहरू दिएर चुनावी माहौल खडा गर्ने बेला हो । यो अवस्थामा पनि उनको भनेजस्तो ऊर्जा सडकमा, चौरस्तामा र आन्दोलनहरूका माझ देखिन सकेन भने उनले आउँदो चुनावमा भनेजति संख्यामा सिट जित्न सक्ने छैनन् ।
उनलाई कोरोना कारणले गर्दा देश फिरेका लाखौं नेपाली दाजुभाइहरूको देशभित्रबाट समर्थन हुँदै गैरहेको स्थिति छ । देशबाहिर रहेका लाखौं नेपालीहरूको पनि समर्थक बढिरहेको छ ।
तिनीहरू चुनावमा आउन पाए भने त्यो भोटलाई क्यास गर्न सक्ने तागत उनमा हुनु प¥यो । तिनीहरू चुनावमा आउन पाएनन् र विदेशै बसे भने पनि तिनीहरूले भनेको मान्ने आमाबाबु, दाजुभाइ र दिदीबहिनीहरूले विवेकशील साझाको पल्ला भारी बनाउन मद्दत गर्ने छन् ।
भारतमा आम आदमी पार्टीले छोटो समयमा लिएको लोकप्रियता र दिल्लीमा चलाएको प्रान्तीय सरकारको शैलीबाट विवेकशील साझाले केही सिकेको हुनुपर्छ । अब त्यसलाई चुनावी रणमैदानमा प्रयोग गर्ने बेला आइसकेको हो ।
नेपालमा राजनीतिक मञ्चमा टेष्टेड नभएका नेताहरूलाई जनताले विश्वास गर्ने जुन चलन छ त्यसको फाइदा अबको चुनावमा रवीन्द्र मिश्रजीहरूले भरपूर मात्रामा उठाउन सक्नुभयो भने मात्र उहाँहरूको राजनीतिक भविष्य उज्ज्वल देखिन्छ । नत्र भने वहाँहरूको दल फेसबुकमा मात्र सिमित नहोला भन्न सकिन्नँ ।
देश हाँक्ने भित्री ऊर्जा र रहर छ भने यही बेला हो पुराना राजनीतिक शक्तिहरूलाई गलाउने र हराउने मौका । त्यसका लागि वहाँले जनतालाई गुलियो वचन मात्र दिएर अब जनता मान्नेवाला छैनन् ।
जनतालाई दस, बीस र तीस वर्षमा गर्न सकिने विकासका विश्वासिला खाकाहरूको फेहरिस्त चाहिएको छ । त्यो मिश्रजीले प्रस्तुत गर्न सक्नुप¥यो । वहाँले विदेशी विश्व विद्यालयमा सिकेको ज्ञान, सीप र चुतु¥याइँलाई अब हुने चुनावमा कुशलतापूर्वक प्रयोग गर्न सक्नुभयो भने मात्र युवाहरूको भावनालाई सही सम्बोधन हुन्छ । अनि देशले अन टेष्टेड राजनीतिज्ञहरूबाट केही फाइदा पाउने सम्भावना रहन्छ ।
नत्र उही होटलमा गएर मेनु पल्टाउँदापल्टाउँदा अन्त्यमा एक प्लेट चाउमिन र एउटा कोक मगाएर लोभी ग्राहकले खाएझैँ मतदाताहरू मतपत्र हेर्दाहेर्दा अन्त्यमा काँग्रेस र कम्युनिष्टलाई नै छान्न बाध्य हुने छन् ।
यो बहुदलीय व्यवस्था भनेको हाम्रोजस्तो गरिब देशमा धेरै खराबहरूमा कम खराबलाई छान्ने व्यवस्था हो । कम्तिमा त्यो महारोगको अन्त्य विवेकशील साझाका जस्ता नव युवायुवतीहरूले हटाउँदै जाने हो भने भविष्यमा राम्राहरूमध्ये धेरै राम्राहरूलाई छान्ने व्यवस्थाका रुपमा यही बहुदलीय व्यवस्था चिनिन बेर छैन ।
यो महाभारतको नेतृत्व अब रवीन्द्र मिश्र र मिलन पाण्डेजस्ता नयाँ सोच र सिद्धान्त भएका नेताहरूले लिनु प¥यो । जनता पुराना र थोत्रा विचार बोक्ने सनातनवादी नेता र पार्टीहरूबाट वाक्क भैसकेका छन् ।
ड्ड

Facebook Comments Box
ad