राणा र राजाको जुठो खाएर बसेका कम्युनिष्टको अन्त्य हुनुर्पछ– अध्यक्ष बस्नेत

राजनीति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । नेपाल तरुण दलका  केन्द्रीय अध्यक्ष जीतजङ बस्नेले राणा र राजाको जुठो खाएर बसेका कम्युनिष्टको अन्त्य हुनुपर्ने बताएका छन् ।
सो कुरा उनले सोमवार सदरमुकाम मन्थलीमा अंसबैधानिक संसद विघटन तथा अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काँग्रेस भातृसंस्थाहरु द्धारा आयोजित बिरोध सभा कार्यक्रममा बताएका हुन् । कम्युनिष्ट सरकारमा हुँदा नेपाली जनतालाई संविधान दिन नसक्ने पार्टी भएकाले अहिलेका नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले धम्कीको भाषा बन्द गर्नुपर्ने नेता बस्नेले बताए ।
नेपाली काँग्रेसले दुईवटा संविधान निमार्ण गर्यो, तीनपटक आन्दोलन गरेर देशलाई निकास दियो । नेपाली काँग्रेसले गर्ने आन्दोलन भनेको अब कम्युनिष्ट विरुद्ध गर्ने हो । नेपाली काँग्रेस स्वतन्त्र पक्ष र न्यायलयको विश्वास गर्ने पार्टी भएकाले संविधानको रक्षा कम्युनिष्ट पार्टीले गर्नै सक्दैनन् । संविधानको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने तरुण अध्यक्ष वस्नेतले बताए ।
स्यालको कुरा गर्ने नेकपाले बाघको कुरा नगरे हुन्छ । नेपाली काँग्रेस लोकतन्त्रको लागि हिजो पनि लडेको पार्टी हो, लोकतन्त्रको लागि आज र भोली काँग्रेस नै लड्छ । अहिलेको नेकपाको दुवै समुहसँग नेपाली काँग्रेस नमिल्ने नेता बस्नेतले बताए । अहिलेको कम्युनिष्ट सरकारले आफ्ना देशभरका तरुण दलका अध्यक्ष र कार्यकर्ताहरुर्ला विभिन्न झुटो मुद्धा लगाएर हिरासतमा लिने काम भएको भन्दै यदी हिम्मत भए आफुलाई पक्रेर मुद्धा चलाउन तरुण अध्यक्ष बस्नेले सरकारलाई चुनौती दिए । उनले भने सक्छौ न्याय गर सक्दैनौ अन्याय नगर । अदी अब भोलीको दिनमा पनि यसैगरी तरुणका नेता तथा कार्यकर्ताहरुलाई झुटो मुद्धा लगाउँदै जाने हो भने तरुण दल टुलुटुलु हेरेर नबस्ने बताए ।


अहिलेको नेकपाको दुवै पक्षले स्वतन्त्र न्यायलय र निष्पक्ष निर्वाचन आयोगलाई विभिन्न बहानाबाजी गर्दै धम्की दिने काम तत्काल बन्द गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई दिएको धम्कीको भाषा बन्द गर्नुपर्ने बताए । अहिले कम्युनिष्टको काम भनेको आफु भ्रष्टाचार मात्रै गर्ने अरुले गरेको कामको बिरोध गर्नु शिवाय कम्युनिष्टले अरु केही पनि गर्न नसकेको बताए ।
कम्युनिष्टको सरकार हुँदा प्रधानमन्त्री बनेका माधव कुमार नेपालले संविधान बनाउन सकेनन् । उनले संविधान बनाउनुको सट्टा बालुवाटारको  जग्गा बिक्री गर्ने र आफ्नो नाममा पार्ने काम शिबाय अरु केही गर्न नसकेको बताए । तत्कालिन माओवादीका नेता प्रचण्डले द्धन्दको बेला कब्जा गरेको जग्गा फिर्ता गर्नुनपर्ने, लुटेको बैंकको पैसा फिर्ता गर्नुनपर्ने अनी राष्ट्रवादको कुरा गरेर जनतालाई धम्की दिदै हिड्न मिल्दैन् । त्यसैगरी नेकपाका नेता झलनाथ आफु राष्ट्रवादी नेता हुँ भन्ने सरकारमा हुँदा सर्प पाल्न लगेको ९० करोड रुपैयाँ फिर्ता गरेर कोरोनाको भ्याक्सिन खरिद गर्न नसक्ने यस्ता कम्युनिष्ट नेता कसरी राष्ट्रबादी नेता भए अध्यक्ष बस्नेतले प्रतिप्रश्न गरे ।


नेपाल तरुण दल रामेछापका जिल्ला अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, रामेछाप नगरपालिकाका प्रमख नरबहादुर थापामगर र महिला संघकी अध्यक्ष गंगा अधिकारी, नेपाल भुतपूर्व शैनिक संघका अध्यक्ष टहल बहादुर कार्की, नेपाल तामाङ संघका अध्यक्ष दानबहादुर तामाङ, मगर संघका अध्यक्ष केशर थापामगर, किसान संघका अध्यक्ष मदन अधिकारी, दलित संघका अध्यक्ष दीपक लाखे, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष शुशिल अधिकारी लगाएतका वक्ताहरुले अहिलेको कम्युनिष्ट सरकार भ्रष्टाचारमा डुबेको, नागरिकको पक्षमा केही काम गर्न नसकेको भन्दै आक्रोस पोखेको थिए ।
बिरोध कार्यक्रम मन्थलीको थापाचोकवाट मोटरसाइकल सहित निस्किएको जुलुसले मन्थली वजार परिक्रममा गरि पुनः जिल्ला समन्वय समितिको प्राङ्णमा भेला भएर कोणसभा परिणत भएको थियो । विरोध सभामा सयौंको संख्यामा नेपाली काँग्रेसका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad