माघ २३ गते नेकपाको मन्थलीमा शक्ति प्रदर्शन को बलीयो

राजनीति

रामेछाप । माघ २३ गते नेकपाको मन्थलीमा शक्ति नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले विरोध सभा एवं शक्ति प्रदर्शन गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मन्थलीमा माघ २३ गते विरोध प्रदर्शन गर्न लागिएको नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले जानकारी दिए ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले भने सभामा जिल्लाका आठ वटै स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागीता रहनेछ । गत पुस ४ गते मात्र प्रचण्ड–नेपाल समुहले मन्थलीमा शक्ति प्रदर्शन गरेको थियो । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिने प्रचण्ड–नेपाल समुहले बताउदै आएका छन् ।

Facebook Comments Box
ad