काठमाण्डौं ।प्रहरी र आन्दोलनकारी बिच बालुवाटार नजिकै टंगालमा झडप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभावित गर्न खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा प्रदर्शन गरेको थियो । ओली नेतृत्वको सरकारले अदालतलाई प्रभावित गर्न खोजेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्तिविरुद्ध मानव अधिकार तथा शान्ति समाजले आन्दोलन गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार स् कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा टंगालमा आयोजना गरिएको सभापछि बालुवाटार जाने क्रममा प्रहरीसँग धक्का मुक्की गरेपछि झडप भएको थियो ।
सोमबार दिउँसो १२ बजे बालुवाटार पुगेर प्रदर्शन गरेको शान्ति समाजको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजकी सरिता पौडेलले जानकारी दिइन् ।

प्रहरी र आन्दोलनकारी बिच झडप २६ जना प्रहरी नियन्त्रणमा
Facebook Comments Box