काँग्रेसको चनखुमा राकेजुलुस

राजनीति

रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उलंघन गर्दै संसद विघटन गरेको भन्दै मन्थली नगरपालिकाको वडा न–१० चनखुमा राकेजुलुस सहित बिहिबार विरोध कार्यक्रम गरेको छ ।
विहिबार दिउसो नेपाली काँगे्रस केन्दिय कार्यालयले दिएको निर्देशन बमोजिम जिल्लाका सवै वडाहरुमा प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरोधमा विरोध कार्यक्रमको आयोजना गरेको थियो । साझँ भने प्रधानमन्त्री ओलीले चालेको कदमको बिरोध गर्दै राकेजुलुस प्रर्दशन गरेको नेपाली काग्रेसका नेता कपिल कार्कीले जानकारी दिए । काँंग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीले नेपाली नागरिकले बनाएको संविधानलाई चुनौति दिंदै संसद विघटन गरेको घटना गैर संवैधानीक र अलोकतान्त्रीक भएको भन्दै त्यसका लागि संसद पुनस्थापना हुनु पर्ने माग गरेका थिए ।
रामेछाप जिल्लमा प्रायजसो सवै वडामा एकै समयमा सरकारी कदमको असंबैधानीक कदमका विरुद्ध विभिन्न नारा लगाउँदै र्याली समेत निकालेका थिए ।
वडामा सहभागी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम गैर संवैधानीक, अलोकतान्त्रीक र संघियता विरोधी भएकोले यसको रक्षाका लागि काँग्रेस एक जुट भएर लग्ने बताए ।

Facebook Comments Box
ad