माओवादीका वडा अध्यक्ष काँग्रेसमा प्रबेश

राजनीति

रामेछाप । खाडाँदेवी गाउँपालीका वडा नं–६ माकादुमका तत्कालीन नेकपा माओबादीका वडा अध्यक्षका उमेरद्धवार मिलन बुढाथोकी काँग्रेसमा प्रबेश गरेका छन् ।
नेता बुढाथोकी सहित १५ जना नेकपाका नेता तथा कार्यकर्ता बिहिबार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उलंघन गर्दै संसद विघटनको बिरोधमा आयोजना गरेको विरोध कार्यक्रममा नेपाली काग्रेसका नेता नारायण कार्कीले उनीहरुलाई खादा र माला लगाई नेपाली काँग्रेसमा प्रबेश गराएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले प्रधानमन्त्रीले नेपाली नागरिकले बनाएको संविधानलाई चुनौति दिंदै संसद विघटन गरेको घटना गैर असंवैधानीक र अलोकतान्त्रीक भएको भन्दै त्यसका लागि संसद पुनस्थापना हुनु पर्ने माग राख्दै उक्त कदमको बिरोध गरेका थिए ।

Facebook Comments Box

ad ad