रामेछापका ६४ वटै वडामा काँग्रेसको बिरोध कार्यक्रम

राजनीति

रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उलंघन गर्दै संसद विघटन बिरोधमा नेपाली जिल्ला कार्यसमिति रामेछापले जिल्लाका ६४ वटै वडामा बिहिबार विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँगे्रस केन्दिय कार्यालयले दिएको निर्देशन बमोजिम जिल्लाका सवै वडाहरुमा प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरोधमा विरोध कार्यक्रमको आयोजना गरेको हो । कालो ब्यानरमा सेता अक्षरले लेखिएको सरकार विरोधि ब्यानर र पार्टीको झण्डा बोकेर टाउकामा कफन बाँधेर सडकमा निस्किएका काँंग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीले नेपाली नागरिकले बनाएको संविधानलाई चुनौति दिंदै संसद विघटन गरेको घटना गैर संवैधानीक र अलोकतान्त्रीक भएको भन्दै त्यसका लागि संसद पुनस्थापना हुनु पर्ने माग गरेका थिए ।
जिल्लाबाट राजधानी काडमाडौमा बस्दै आएका काँग्रेसका विभिन्न गुट र उपगुटको राजनितिमा रमाउने अधिकाँश नेताहरु समेत यतिबेला प्रधानमन्त्रीको असंबैधानीक कदमको विरोध गर्न आ–आफनो वडामा पुगेका छन् । प्रायजसो सवै वडामा एकै समयमा उनीहरुले आरम्भमा सरकारी कदमको असंबैधानीक कदमका विरुद्ध विभिन्न नारा लगाउँदै र्याली समेत निकालेका थिए ।
र्यालीपछि आयोजित कोडसभामा बोल्ने सवै वडामा सहभागी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम गैर संवैधानीक, अलोकतान्त्रीक र संघियता विरोधी भएकोले यसको रक्षाका लागि काँग्रेसले संघ, प्रदेश, पालिकास्तर हुँदै वडा तहसम्म खबरदारीका लागि जिल्ला झर्न वाध्य भएको बताएका थिए ।

Facebook Comments Box
ad