आज देखी पेट्रोल र डिजेलको भाउ बढ्यो

अर्थ

काठमाडौँ । नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे बाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो । समायोजित मूल्य अनुसार अब पेट्रोल को मुल्य प्रतिलिटर ११० रुपैयाँ भएको छ । डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ ।

Facebook Comments Box
ad