स्थानिय तहमा करारमा कार्यरत कर्मचारीको बिवरण माग

Uncategorized
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामेछाप जिल्लामा कार्यरत सरकारी कार्यालयहरु र सबै स्थानिय तहमा करारमा कार्यरत कर्मचारीहरुको बिवरण माग गरेको छ ।
सरकारी कार्यालय तथा स्थानिय निकायमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्वन्धी बिषयगत गठित कार्यदलको निर्णयअनुसार बिवरण माग गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
मन्त्रालयले रामेछापको जिल्ला समन्वय समिति र सबै पालिकालाई आ–आफ्नो पालिकामा कार्यरत करारका सवै कर्मचारीहरुको विवरण पठाउन परिपत्र गरेकाले सवै पालिकालाई समयमा कर्मचारीहरुको विवरण पठाउन निर्देशन दिएको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमवहादुर खड्काले जानकारी दिए ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad