हेर्ने कथाको प्रभाब रामेछापमा पनी

रामेछाप । हेर्ने कथाको प्रभाव रामेछापमा पनी परेको छ । रामेछापमा पनी १५ वर्ष पछी परिवार संग पदम बहादुर तामाङको भेट भएको छ । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको हो ।
१५ वर्ष अघि देखि परिवारसँगको भेट नभएका ५८ वर्षिय पदमबहादुरको प्रहरीले भेट गराएका छन् । मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएको पदमबहादुर विगत १५ वर्ष देखि परिवार सँग भेटघाट नभएको उनका श्रीमती चन्द्रमालाले बताइन् । चन्द्रमालाले भनिन्– उहाँ ४ वर्ष अघि देखि त पूर्ण रूपमा सम्पर्क विहीन हुनुभयो । हामीले उहाँलाई धेरै खोज्यौँ । छोरी दिलमाया पुन, छोराहरू प्रवेश तामाङ तथा सन्देश तामाङ लगायतले उहाँलाई खोज्न कुनै कसर छाडेनौँ । बल्ल रामेछाप प्रहरीका कारणले उहाँसँग भेट भयो ।
मुस्ताङ जिल्लाको चैले भन्ने ठाउँमा कामगर्दै आएकामा पदमबहादुरले काम गर्ने स्थानमा गई बुझ्दा उनी उक्त स्थानबाट रामेछाप स्थायी ठेगाना बताएका आफन्तको साथ लागी ४ वर्ष अघि गएको भनी बुझिएको जानकारी चन्द्रमालाले दिएको रामेछाप प्रहरीले बताएको छ । पदमबहादुरको खोजतलास गरी पाउँ भनी चन्द्रमाला घर्ती मगरले गत १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पछि पदमबहादुरको खोजीमा प्रहरी लागेको कार्यालयले जनाएको छ ।
चन्द्रमालाले आफ्ना श्रीमान् खोजीदिन निवेदन दिनासाथ रामेछाप प्रहरीले मातहतका प्रहरी कार्यालयहरू समेतमा पत्राचार गरी निवेदकले लिखित तथा मौखिक रूपमा बताएका सम्भावित व्यक्ति तथा स्थानमा समेत खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ । खोजतलासकै क्रममा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजी दिलखर्कमा भदौ १४ गते नै प्रहरीले पदम बहादुर तामाङको पत्ता लगाएको हो ।
पदमबहादुरको पत्ता लागेको भोलिपल्ट नै पदम बहादुरसँग उनको श्रीमती, छोरी र छोराहरू को भेट गराइएको प्रहरीले जानकारी दिएको छ । पदमबहादुरलाई स्थानीय बासी तथा जनप्रतिनिधि समेतको रोहवरमा १५ वर्ष पछि परिवारसँग पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ घर भएका चन्द्रमाला र उनको परिवार हाल पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड डेरा गरी बस्दै आएको बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...