लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै – मन्थली स्ववियुले चलायो

रामेछाप ।  मन्थली सहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीले  क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने  विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधवार बाट कक्षा आरम्भ गरेको हो ।

उक्त तयारी कक्षाको प्रमुख आतिथ्यता  बागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं सांसद आनन्द श्रेष्ठले गर्नु भएको थियो  । कार्यक्रमका अवसरमा बोल्दै सांसद श्रेष्ठले स्ववियुले सञ्चालन गर्न लागेको लोकसेवा तयारीको कक्षा लाई उपयोगी कक्षाका रूपमा ग्रहण गर्न आग्रह गर्नु भयो । उहाँले तयारी कक्षालाई  आम विद्यार्थिहरुले सकारात्मक र व्यवहारिक शिक्षाका रूपमा उपयोग गर्नका लागि पनि विद्यार्थी साथीहरूलाई आग्रह गर्नु भयो ।   

 सो क्रममा उहाँले पछिल्लो समयमा युवा विद्यार्थी माझ अध्ययन गर्ने वानिमा गिरावट आउनुका साथै उहिरुमा देखिँदै आएको नकारात्मक पक्षलाई सकारात्मक तर्फ उन्मुख गराउन पनि यो कक्षा वरदान साबित हुने बताउनु भयो  ।  उहाँले  स्ववियुले गर्न लागेको कार्यक्रम विद्यार्थीको क्षमता विकासका लागि कोषे डुङ्गा साबित हुने भन्दै विद्यार्थी साथीहरूलाई समय पूर्वक गहिरिएर नियमित कक्षामा सामेल भएर गहिरो अध्ययन गर्न पनि सुझाव दिनु भयो ।  

कार्यक्रममा बोल्दै स्ववियु सभापति अविनाश कार्कीले आम विद्यार्थी साथीहरूको भावना अनुसार स्वतन्त्र विद्यार्थी युनियनले आयोगको तयारीकक्षा सञ्चालन गर्न लागेको जानकारी दिनु भयो । करिब ३ महिना सम्म सञ्चालन गरिने लोकसेवा आयोगको कक्षाको तयारीका लागि इच्छुक सबै साथीहरूलाई निःशुल्क सहभागी गराइने पनि कार्कीले बताउनु भयो । कक्षा सञ्चालनका लागि स्ववियुको निर्णय अनुसार स्ववियु कोषबाट खर्च गरिने र कक्षामा विषय विज्ञहरूलाई समावेश गराइने कुरा पनि सभापति कार्कीले जानकारी दिनु भयो । 

स्ववियुका सचिव सुशील थापाको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बद्री नयाँघरे,क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठ,मन्थली माविका प्रअ टंक दाहाल,नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष विनोद बुढाथोकी लगायतका वक्ताहरूले स्ववियुले सञ्चालन गर्न लागेको लोकसेवा आयोगको तयारी कक्षामा विद्यार्थिहरुलाई नियमित  सहभागी भएर त्यसबाट भरपुर फाइदा लिनका लागि पनि आग्रह गर्नू भयो ।   

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...