८ बर्षिय बालिका बलात्कार गर्ने ७२ बर्षिय बृद्ध पक्राउ

रामेछाप । घरबाट नजिकैको पसलमा चाउचाउ किन्न गएकी ८ बर्षिय बालिकालाई फकाएर आफ्नै घरमा लगेर जर्वजस्ती बलात्कार गर्ने ७२ वर्षिय बृद्ध बुधवार प्रहरीको फन्दामा परेका छन् ।
बालिकालाई बलात्कार गरी प्रहरी फन्दामा पर्नेमा रामेछाप नगरपालिका वडा नं ८ भोटेटारका ७२ वर्षिय बृद्ध मंगल तामाङ रहेका छन् । उनले मंगलवार छिमेकी बालिका घर नजिकैको पसलमा चाउचाउ किन्न जादै गरेको बेला फकाएर बृद्ध तामाङले आफ्नै घरमा लगि जर्वजस्ती करणी गरेका थिए । घटनापछि बालिकाले घरका अभिभावकहरुलाई घटनाको बिषयमा बताएपछि पिडीत परिवारले बृद्ध तामाङ विरुद्ध जर्वजस्ती करणी अभियोगमा उजुरी दर्ता गराएका थिए ।
घटनापछि प्रहरीले जर्वजस्ती करणी अभियोगमा ७२ वर्षिय बृद्ध तामाङलाई पक्राउ गरेको छ । निजलाई रामेछाप जिल्ला अदालतवाट आज ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय रामेछापमा जर्वजस्ती करणीका घटनाहरु दैनिक रुपमा बृद्धि हुँदै गएका छन् ।