काठमाडौं । ७२ औं गणतन्त्र दिवस छिमेकी मुलुक भारतले मंगलबार मनाउँदै छ । कोरोना भाइरसको महामारीबीच भारतले गणतन्त्र दिवस मनाउन लागेको हो । भारतको इतिहासमा ५५ वर्षमा पहिलो पटक उक्त परेडमा प्रमुख अतिथि सहभागी हुने छैनन् । यसपालि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आउने तय भएको भए पनि त्यहाँ नयाँ स्वरुपको कोरोना देखिएपछि उनले आफ्नो कार्यक्रम स्थगित गरेका थिए ।
भारतले यसअघि सन् १९५२, १९५३ र १९६६ मा पनि कोही प्रमुख अतिथि बोलाएका थिएनन् । यसपालि कोरोनाले गर्दा विभिन्न कार्यक्रम पनि घटेका छन् । राजपथको परेडमा पहिले ७० वटा झाँकी प्रस्तुत हुँदै आएकामा यसपालि घटेर ३२ वटा हुँदैछन् । त्यस्तै परेडमा सहभागी सबैले फेस मास्क लगाउने छन् । प्रवेश द्धारमा सबैको थर्मल स्क्रिनिङ हुनेछ । सबैले सेनिटाइजरको प्रयोग गर्नेछन् ।