हिमताल फुट्दा भारतमा ५० को मृत्यु १५४ सम्पर्क बिहीन

काठमाडौं । हिमताल फुट्दा भारतको उत्तराखण्डमा ५० जनाको मृत्यू भएको छ भने १५४जना सम्पर्क बिहीन भएका छन् । भारतको उत्तराखण्डमा हिमताल फुट्दा आएको बाढीको कारण मृत्यु हुनेको संख्या ५० पुगेको हो । त्यस्तै गरी १५४ जना सम्र्पकमा नरहेको समेत बताएका छन् ।
आइतबार बेलुका सम्म उद्धारकर्ताहरुले ५० जनाको शव भेटिएको बताएका छन् । गत आइतबार हिमताल फुट्दा अलनन्दा नदीमा आएको बाढीको कारण नदीमा बनिरहेको बाँध तथा पुलहरु बगाएको थियो ।
बाढीको कारण जलविद्युत् आयोजनाको लागि ड्याम बनाउन खटिएका मजदुरहरु सुरुङभित्र थुनिएका थिए । अधिकारीहरुका अनुसार अझै पनि १५४ जना मानिस हराइरहेका छन् । एक वरिष्ठ सरकारी अधिकारीले भने, ‘अझै हामीले सबै आशा मारेका छैनौं । हामीलाई हराएका मानिसहरु जीवितै भेटिने आशा छ ।’
विशेषज्ञहरुले बाढीको कारण थुप्रिएको ढुंगा, बरफ, फोहोर तथा पानीले उद्धारकार्य थप जोखिमपूर्ण बनेको बताएका छन् । उत्तराखण्डको यो संकटसँगै वातावरण समूहले सरकारलाई कुनै पनि योजना पर्यावरणीय असरलाई ध्यानमा राख्दै ल्याउन सुझाव दिएका छन् ।
अहिले वैज्ञानिकहरुले उत्तराखण्डको हिमताल कसरी फुटेको थियो भन्ने विषयमा अध्ययन गरिरहेका छन् । भारतमा १० हजारभन्दा धेरै हिमताल छन् । जसमध्ये उत्तराखण्डमा मात्र करिब १५ सय हिमताल छन् ।