हाकिम र सहयोगिको भरमा सरकारी कार्यालय

Written by meropradesh creator

२८ माघ २०७७, बुधबार

रामेछाप । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा कार्यरत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई दुई जिल्लाको कामको जिम्मेवारी दिएको   छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले सिन्धुलीको अलावा रामेछाप जिल्लाका बजार केन्द्रसम्म हेर्ने गरी सिन्धुलीमा दुई वर्ष अघि कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना भएदेखी नै कार्यालयमा कर्मचारीको अभाव रहदै आएको छ । अहिले कार्यालयमा एक कार्यालय प्रमुख र एक कार्यालय सहयोगीले दुई जिल्लाको काम गर्दै आएका छन् ।
कार्यालयमा १ जना कार्यालय प्रमुख, २ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरि ४ जनाको दरवन्दी भएता पनि अहिलेसम्म सबै कर्मचारी नभएका कारण काम गर्न धेरै समस्या भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए ।
उनले भने– भाडाको घरमा बस्दै आएको कार्यालयमा नत दरवन्दी अनुसारका कर्मचारी छन्, न सवारीसाधन नै छ । दुई जिल्ला हेर्ने गरि कार्यालय खोलीएको छ । एकजना कार्यालय सहयोगीको भरमा मैले कसरी काम गर्नु । सिन्धुली बस्दा रामेछापमा खोजी हुन्छ । रामेछाप जान्छु सिन्धुलीमा खोजी हुन्छ, म एक्लैले कसरी काम भ्याउनु उनले दुःखेसो पोखे ।
कार्यालयमा कर्मचारी नभएको र दैनिक कामममा समस्या भएको भन्दै पटक–पटक तालुके कार्यालयमा जानकारी गराउँदा समेत कर्मचारी नपठाउँदा धेरै समस्या भएको प्रमुख पौडेलले बताए । सिन्धुली र रामेछापका स्थानिय तहहरु गाउँगाउँमा सञ्चालन भएसँगै व्यापारीक केन्द्रहरु समेत वढेका छन् । उक्त कार्यालयले कर्मचारी अभावका कारण सबै व्यापारीक केन्द्रसम्म पुगेर निर्धक्कसाथ अनुगमन गर्न सकेको छैन् । अनुगमन नहुँदा व्यवसायीहरुले सडेगलेका सामाग्रीहरु विक्रीवितरण गर्दै आएका छन् भने उपभोक्ताहरुले मार खेप्दै आएका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...