रामेछाप । शुुभजीवन हस्पिटल प्रा.लि.को पाँचौ बार्षिक उत्सवको अबसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुुभजीवन अस्पतालले आयोजना गरेको उक्त बृहत रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्थली, त्रिनेत्र अध्यात्मचिन्तन केन्द्र रामेछाप र नेपालमहिला मगर संघ रामेछापमा आवद्ध कार्यसमितिका पदाधिकारीहरुले सहयोगी संस्थाको रुपमाउक्त रक्तदान कार्यक्रममा सहभागीता जनाएका थिए । सिन्धुली जिल्लाको खुर्कोटमा भएको उक्त रक्तदानकार्यक्रममा ४० जना सहभागीहरुले रक्तदान गरेका थिए ।
विभिन्न रोग लागेर अस्पताल भर्ना भएका विरामीहरुले रगत अभाव हुँदा समयमा रगत पाउन नसक्दा उनीहरुको ज्यान नै जाने खतरा बढेपछि शुुभजीवन अस्पतालले आफ्नो संस्थाको बार्षिक उत्सवपारेर रक्तदान कार्यक्रमको आयोजना गरेको शुुभजीवन हस्पिटलका डा.राजन न्यौपानले जानकारी दिए ।
उनले भने– अस्पतालमा भर्ना भएका कतिपय विरामीहरुको शरिरमा रगतको मात्राथोरै हुँदा धेरै समस्याहुने गरेको छ । रगतको कमी भएका विरामीहरुलाई रगत आवश्यकता पर्दा सिन्धुलीवाट, रामेछापको सदरमुकाम मन्थलीवाट रगतल्याएर विरामीहरुको उपचार गराउँदै आएकोमा यसपटक भने नेपाल रेडक्रस रामेछापको सहयोगमा हस्पिटलको बार्षिक उत्सवको अवसर पारेर बृहत रक्तदान कार्यक्रम संचालन गरेको डा.न्यौपानले बताए ।
शुुभजीवन हस्पिटलले बृहत रक्तदानकार्यक्रम राखेर सहयोगी संस्थालाई समेत आव्हान गरेकोमा धेरै खुशि लागेको नेपालमहिला मगर संघ रामेछापकी अध्यक्षतारा राइका मगर भण्डारीले जानकारी दिइन । उनले भनिन्– नेपालमहिला मगर संघ र त्रिनेत्र अध्यात्मचिन्तन केन्द्रले धेरै पटक धार्मिक क्षेत्रमा काम गर्दै आएकाले यसपटक पनि बिरामीहरुले रगत अभाव भएर मृत्यु बरण गर्नुुनपरोस् भनेर रक्तदान गरेर पुण्य कमाउँदा धेरै खुुशीलागेको बताइन ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...