मंसिर २९,रामेछाप
नेपाल प्रेस काउन्सिलले पत्रकार महासंघ रामेछापसंगको समन्वयमा सोमबार मन्थलीमा पत्रकार आचारसंहिता तथा कोरोनाले मिडियामा पारेको प्रभाबको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा भएको प्रविधिको विकाससंगै पत्रकार आचारसंहिता पालना पनि चुनौतीपुर्ण बन्दै गएकाले भन्दै पत्रकार आचारसंहिता सम्बन्धी जानकारी गराउदै देश भर पत्रकारीता क्षेत्रमा भएका घटनाहरुको जानकारी गरिएको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले मुलुकमा भएका हरेक वरिपर्तनमा पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले अहिलेको पत्रकारितालाई थप मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार आचारसंहिताको पुर्ण कार्यान्वयन गरेर पत्रकारहरुले सकरात्मक सोचका साथ पत्रकारिता गर्नुपर्ने बताउनुभयो । पछिल्ला समयमा मर्यादित पत्रकारिता गर्ने पत्रकारहरु कमै रहेकाले यो क्षेत्रलाई मर्यादित बनाउनका लागि सरोकारवाला निकाय लाग्नुपर्ने बताउनु भयो । उहाँले मन्थली नगरपालिका भित्र सञ्चालन भएका सञ्चारमाध्ययमको संरक्षण र त्यसमा कार्यरत पत्रकारहरुको हक हितका लागि मन्थली नगरपालिकाले काम गरिरहेको बताउर्दै आगामी दिनमा पनि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षता , जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला र निवर्तमान सदस्य ईश्वरी ओझाले प्रेस काउन्सिल नेपालले गरिरहेको कामका बारेमा बोलेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवं उपप्रशासकिय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालले अहिलेसम्म गरेको काम र त्यसको प्रभावका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...