स्वरोजगारको पैसा वडा अध्यक्षले डोजर लगाएर पारे झ्वाम्म

Written by meropradesh creator

२१ असार २०७८, सोमबार

रामेछाप । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत आएको वजेट मन्थली नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले आफ्नै डोजर रातभर चलाएर बजेट झ्वाम्म पारेका छन् ।

वेरोजगार युवाहरुलाई काम दिने गरी आएको वजेट वडा अध्यक्ष अधिकारीले रातारात आफ्नो डोजर प्रयोग गरेर वजेट आफैले लिएको भन्दै गेलुका स्थानिय युवाहरु आक्रोसीत भएका छन् । मन्थली नगरपालिका–१२ मा पर्ने साँवाडाडा देखी सिमलबोटे सम्म नाला सफा गर्ने काममा मानीसको प्रयोग नगरी फाइदा कमाउने उदेश्यले वडा अध्यक्षले मिसिन प्रयोग गरेको भन्दै स्थानिय आक्रोसित भएका हुन ।

वडा अध्यक्षले रातको १÷२ वजे पछी डोजर लगाएर नाला सफा गर्ने काम गरेको स्थानियले आरोप लगाएका हुन् । रातको समयमा दोजर प्रयोग गरेर सडक नाला सफा गर्दा आफुले किनेर ल्याएको बालुवा समेत माटोमा मिलाइ दिएको स्थानिय सविना तामाङ्गले जानकारी दिइन । उनले भनिन– अकस्मात रातको दुईवजे घर छेउमा डोजर चलेको आवाज सुनियो । भोलीपल्ट उज्यालो भएपछि डोजर चलेको ठाउँमा आएर हेर्दा त आफुले हजारौ रुपैयाँ तिरेर ल्याएको वालुवा थुपारेको ठाउँमा डोजरले नाला खन्ने बहानामा पुरिदिएछ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा व्यरोजगार युवाहरुलाई एकसय दिन काम उपलब्ध गराए बापत ५१ हजार उपलब्ध गराउनु पर्ने थियो । तर अध्यक्ष अधिकारीले व्यरोजगार युबाहरुलाई उनीहरुको पेटमा लात हान्ने उदेश्यले २६ दिन मात्र काम लगाएर अन्य रकम वडा अध्यक्षले पचाउन खोजेको भन्दै स्थानियले विरोध गरेका छन् ।

नाला खन्ने काममा समेत वडा अध्यक्ष अधिकारीले व्यरोजगार युवाको नाममा स्कुलका बिद्यार्थीहरु प्रयोग गरेको स्थानिय बलराम खत्रीले    बताए । उनले भने आफु निकटका केहि ब्यक्तिको नाम समेटेर बुझाउने तर काम भने स्कुलका बिद्यार्थीलाई लगाउने र मेसीन प्रयोग गर्ने साथै युवा स्वरोजगारको लागि आएको पैसा समेत अध्यक्ष अधिकारीले हिनामिना गरेको खत्रीले बताए ।

कागजमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा नाम दर्ता भएका ब्यक्तीको नाम लेख्ने र निकासा लिने भएपनी काम भने भर्खरका स्कुले बालबालीकालाई लगाउने र मेसीनको प्रयोग गर्ने गरेको बताए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा डोजर प्रयोग भएको भन्दै नागरीक उजुरी लिएर नगरपालिकामा आउदा समेत वडा अध्यक्ष कृष्णहरी अधिकारीले डोजरको प्रयोग भएको विषय आफुलाई जानकारी नभएको बताए ।
स्थानियले भने आफ्नै डोजर अध्यक्ष अधिकारीले प्रयोग गरेको बताएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा मेसीन प्रयोग गर्न नपाउने मेसीनको प्रयोग गर्नु पर्ने अवस्था आए नगरपालिका सँंग अनुमती लिएर मात्र मेसीनको प्रयोग गर्नु पर्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिए ।

उनले भने– पछिल्लो समयमा नगरपालिकाका केही वडा अध्यक्षहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत व्यरोजगार युवाहरुलाई रोजगार दिनुको सट्टा काम आफै गर्ने र रकमको दुरुपयोग गर्दै आएको जानकारी आफुलाई स्थानिय नागरिकहरुले दिएको अधिकृत पौडेलले बताए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...