स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत चितवनमा अभ्यास गर्दै

रामेछाप । बागमती प्रदेशले आयोजना गरेको असल अभ्यास आदन–प्रदान गर्न रामेछापका ८ वटै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु चितवन पुगेका छन् ।
बागमती प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा रामेछापका स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतको अलावा बागमती प्रदेश भरका स्थानिय तहका सबै प्रमुख प्रमुख प्रशासकिय अधिकृतहरुको उक्त कार्यक्रममा सहभागीता रहेको छ । माघ ३० गते शुक्रवारवाट शुरु भएको उक्त कार्यक्रम फागुन २ गते सम्पन्न हुने सहभागीहरुले जनाएका छन् ।
स्थानिय तहहरुले अहिलेसम्म गरेका अशल अभ्यास र भावी दिनहरुमा गर्नुपर्ने कामहरुको समेत सो कार्यक्रममा समिक्षा हुने छ । यसअघि पनि बागमती प्रदेशले स्थानिय तहका प्रमुख र उप–प्रमुख लगाएतका लागि पनि समिक्षा कार्यक्रम राख्दै आएको थियो ।

Facebook Comments Box