सोनाम ल्होसारमा सार्बजनिक बिदा

Written by meropradesh creator

२७ माघ २०७७, मंगलवार

रामेछाप । सरकारले यहि माघ ३० गते पर्ने सोनाम ल्होछार पर्वको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सोनाम ल्होछार पर्वको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तामाङ र ह्योल्मो लगाएतका समुदायले मनाउँदै आएको सोनाम ल्होछार चाडमा २०५१ सालदेखी सार्वजनिक विदा दिदै आएको सरकारले ३ वर्ष अघि मात्र कटौती गरेको थियो ।
तामाङ र ह्योल्मो लगाएतका हिमाली समुदायले मनाउँदै आएको सोनाम ल्होछार पर्वको बिदा कटौती गरेसँगै ती समुदायले पटक–पटक सार्बजनिक रुपमा बिदा दिनुपर्ने माग राख्दै आएका थिए । उनीहरुको मागको आधारमा आउने शुक्रवार (माघ ३०गते) सरकारले सार्वजनिक रुपमा बिदा दिने निर्णय गरेको हो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...